सोनामाई खबर

महोत्तरीमा वन माहुरीले टोक्दा चार जना घाइते, एकको अवस्था गम्भीर

महोत्तरी पुस २१ गते 

महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर घाइते भएका छन् ।
वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताउए ।

चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताए ।

बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरी टोकेर गम्भीर बनाएको थियो ।

<