सोनामाई खबर

सिरहामा लुटेर भाग्दै गर्दा एक महिला पक्राउ

सिरहा, पुस २३ गते ।

सिरहामा ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका ३ की २८ वर्षीया महिला फुलकुमारी दुसाद रहेको सिरहा प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो सिरहा विष्णुपुर गाउँपालिका १ चोकबाट नगद ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी दुसालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिरहा नरहा गाउँपालिका ३ माईतीघर बस्ने धनुषा घर भएकी २५ वर्षीया अन्जुदेवी यादवले आईएमईबाट उक्त नगद निकाली गाडी चढेर माईत जाँदै गरेको अवस्थामा रकम लुटिएको थियो ।

रकम लुटेर भाग्दै गरेको फुलकुमारीलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले नगद सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।