मनोरंजन

आलिया–रणवीर रिलेसनसिप

मुम्बई : पुस २३ गते।  बलिउड अभिनेत्री आलिया भट्ट अचेल आफ्ना फिल्मभन्दा पनि रणवीर कपुरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्। पछिल्लो केही महिनादेखि आलियाको नाम रणवीरसँग जोडिएको छ।

एक अन्तर्वार्तामा रणवीरले आफू रिलेसनसिपमा रहेको सार्वजनिक नै गरिसकेका छन्। तर उनले रिलेसनससिप कोसँग हो भन्ने खुलाएका भने छैनन्। आलियाले अर्को अन्तर्वार्तामा आफू सम्बन्धमा रहेको खुलासा गरेकी छन्। उनले भनिन्, ‘मलाई बिरालो निकै मन पर्छ। म आफैं पनि बिरालोजस्तै छु।’

जब अन्तर्वार्तामा उनीसँग रणवीरसँगको सम्बन्धबारे सोधियो तब उनको जवाफ थियो, ‘म आफ्नो निजी जिन्दगीमाथि इमानदार भएर फोकस गर्छु। म यसबारेमा अहिले केही बोल्दिनँ। निजी जिन्दगीबारे कुरा गर्न मलाई राम्रो लाग्दैन। यो सम्बन्ध उपलब्धि होइन, जिन्दगीको एउटा हिस्सा हो। सम्बन्ध जुनसुकै होस् जुन निकै सुन्दर छ। अहिले जस्तो चलिरहेको छ मैले सबै कुरा त्यस्तै छोडेको छु। तपाईं यसलाई यसरी बुझ्न सक्नुहुन्छ यो सम्बन्ध मेरो जिन्दगीको बिरालो जस्तै हो जसको म सधैं रक्षा गर्न चाहन्छु।’

आलियाको कुराबाट यो स्पष्ट हुन्छ कि उनी आफ्नो र रणवीरबीचको सम्बन्ध सार्वजनिक गर्न चाहन्नन्। हालै आलियाले रणवीर कपुर र उनको परिवारसँग न्युयोर्कमा ऋषि न्युयोर्कमा उपचार गराइरहेका छन्। आलियाका बाबु महेश भट्टले पनि इसारामै यो कुराको पुष्टि गरिसकेका छन्।