राष्ट्रिय समाचार

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ

स्याङ्जा : पुस २३ गते। 

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । जबरजस्तिपछि छोरीले अरुलाई बताउने भनेपछि तातो कुँडो खन्याएर मार्ने प्रयास गरेका थिए ।

 

पुस १४ गते राति १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेकोले पीडितले जनाएकी छन् । ३५ वर्षीय अभियुक्तलाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।