अन्तराष्ट्रिय समाचार

मलेसियामा नयाँ राजा छान्न बैठक

क्वलालाम्पुर : पुस २३ गते। 

मलेसियाका राजा मुहम्मद भिले आफ्नो पदबाट अचानक राजिनामा दिएपछि नयाँ राजा कहिले चयन गर्ने भन्नेबारे राजपरिवार बैठक बसेको छ । मुहम्मदले राजा बनेको दुई वर्षमै राजीनामा दिएका हुन् ।

 

नयाँ राजा चयनको लागि भन्दै राजपरिवारका ९ मध्ये ६ जना सोमबार बैठक बसेका हुन् । बैठकले कहिले राजा चयन गर्ने भन्नेबारे निकर्ष निकाल्ने बताइएको छ ।

 

मलेसिया संवैधानिक राजसंस्था भएको मुलुक मलेसियामा राजाको ५ वर्षे अवधि पूरा नगर्ने मुहम्मद नै पहिलो राजा हुन् । उनको यस्तो कदमलाई अनौठो रुपमा पनि हेरिएको छ ।