मनोरंजन

सलमानलाई उछिन्दै ऋतिक बने विश्वकै आकर्षक हिरो

एजेन्सी पुस २३ गते। 

बलिउड अभिनेता ऋतिक रोशन विश्वकै आकर्षक हिरो बनेका छन् । ऋतिकले चर्चित अभिनेता ब्राड पिट र टम क्रुसलाई पनि उछिनेका छन् ।

उनी २०१८ को हेन्डसम अभिनेताको सूचीमा पहिलो स्थानमा आएको टाइम्स म्यागेजिनले जनाएको छ । 

बलिउडका चर्चित अभिनेता सलमान खान यस सूचीमा सातौं नम्बरमा परेका छन् ।

सूचीमा ब्राड पिट दोस्रो स्थानमा छन् भने टम क्रुज नवौं र प्रिन्स विलियम दसौं स्थानमा छन् ।
 
ऋतिक यसअघि २०११ र २०१२ मा एसियाका कामुक ६० पुरुषको सूचीमा पनि शीर्ष स्थानमा परेका थिए ।

टाइम्स म्यागेजिनले सार्वजकि गरेको २०१८ का विश्वका १० आकर्षक हिरोको सूची यसप्रकार छ ।

१. ऋतिक रोशन
२. ब्राड पिट
३. गान्डफ्रे जिएमओ
४. रोबर्ट पैटिन्सन
५. डेनजेल वाशिंगटन
६. उमर बोरकान टू द गाला
७. सलमान खान
८. नुह मिल्स
९. टम क्रुज
१०. प्रिन्स विलियम