सोनामाई खबर

उखुबारीबाट सखुवाको काठ बरामद

महोत्तरी ।  पुस २४ गते। 

सुनिता महतो

वेवारिसे अवस्थामा उखुबारीमा रहेको अवस्थामा सशस्त्र प्रहरीले महोत्तरीको गौशालाबाट सखुवाको काठ वरामद गरेको छ । सोमबार दिउँसो गौशाला नगरपालिका ८ वेलगाछीका रामकुमार यादवको उखुबारीमा वेवारिसे अवस्थामा रहेको १४ क्वी फिट काठ प्रहरीले बरामद गरेको हो । २५ हजार मुल्य वराबरको सो काठ सशस्त्र प्रहरी बेस क्याम्प रामनगरको टोलीले बरामद गरेको हो । बरामद भएको काठलाई आजै सागरनाथ वन विकास परियोजना सर्लाहीमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक पशुपति पुरीले बताएका छन ।