सोनामाई खबर

राष्ट्रिय स्तरीय खुल्ला कराँते प्रतियोगिता महोत्तरीको गौशालामा आयोजना हुने

महोत्तरी  पुस २४ गते। 

सुनिता महतो   

राष्ट्रिय स्तरीय खुल्ला कराँते प्रतियोगिता महोत्तरीको गौशालामा आयोजना हुने भएको छ । गौशालास्थित खेलमैदानमा फागुनको अन्तिम साता ईन्टरनेशनल क्यो कु शिन कराँते संघ प्रदेश नं. २ को आयोजनामा फुल कन्टयाक्ट कराँते प्रतियोगिता हुने भएको छ । सोमबार संघका प्रदेश नं. २ को कार्यालयले महोत्तरीको गौशालामा आयोजना गरेको पत्रकार सम्मेलनकावीच सो प्रतियोगिताको बारेमा जानकारी गराईएको हो ।

कार्यक्रममा देशभरिबाट विभिन्न समुहमा गरि २ सयको हाराहारीमा खेलाडीहरु सहभागी हुने प्रदेश नं. २ का ईन्चार्ज सन्जीप चौधरीले बताएका छन । प्रतियोगिता विजेता हुने विभिन्न समुहलाई मेडल, शिल्ड लगायत २ लाख बराबरको नगद पुरुस्कार सम्मान स्वरुप प्रदान गरिने ईन्चार्ज चौधरीले बताएका छन । कराँते खेलको लोकप्रियता स्थापित गर्नका लागि यसक्षेत्रमा पहिलोपटक खुल्ला कराँते प्रतियोगितको आयोजना गरिएको चौधरीले पत्रकारलाई बताए । प्रतियोगिता आयोजना गर्नका लागि १२ लाखको रुपैयाँ खर्च हुने भएको छ ।