खेलकुद

२० मिनेटमा ५ गोल

मंसिर ८ – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।    

अटलान्टाका लागि खेलको १२ औँ मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा ब्रायनले नै गोल गर्दै अटलान्टाको अग्रता दोब्बर पारेका थिए । ७१ औँ मिनेटमा इभर्टनका लागि रामिरेजले गोल गर्दै अग्रता कम गरे । अटलान्टाका लागि ८६ औँ मिनेटमा गोसेन्स, ८८ औँ मिनेटमा र इन्जुरी समयमा क्रोर्नेलिअसले गोल गर्दै ५-१ को जित दिलाए ।  

समूह ‘इ’ मा रहेको इभर्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । इभर्टनले पाँच खेलमा एउटा पनि जित्न सकेको छैन । एक खेल बराबरी खेलेका कारण एक अंक बनाएको छ । समूह ‘इ’ कै शीर्षमा रहेको अटलान्टाले भने कुनै पनि खेल हारेको छैन । तीन खेलमा जित र दुई खेलमा बराबरी गरेर ११ अंक बनाएको छ ।