टिप्स

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् ।

यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् ।

विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक प्राध्यापक सिओन्के चोई नेतृत्वको एक टोलीले फाइबरमा एक बायो ब्याट्री बनाएको छ जुन कागजमा आधारित माइक्रोबिएल फ्यूल सेलले जस्तै अधिकतम उर्जा पैदा गर्न सक्दछ । यो ब्याट्रीले पटक पटक मोडिँदा तथा तन्किँदा विद्युत उत्पादन गर्ने क्षमता राख्दछ ।

शोधकर्ताका अनुसार रियल टाइम इन्फर्मेसन प्राप्त गर्नका लागि फ्लेक्सिबल तथा स्ट्रेचेबल इलेक्ट्रोनिक्सको आवश्यकता पर्दछ जसलाई विभिन्न खाले प्लाटर्ममा प्रयोग गर्न सकिन्छ । फ्लेक्सिबल तथा स्ट्रेचेबल बायो ब्याट्री नविकरणीय हुनुका साथै वातावरणमैत्री हुने बताइएको छ ।

जिउमा पहिरिने वेरेबल इलेक्ट्रोनिक ग्याजेटमा प्रयोग गर्नका लागि परम्परागत तथा इन्जाइममा आधारित फ्युल सेलको तुलनामा माइक्रोबियल फ्यूल सेल सर्वोत्तम उर्जाको श्रोत हो । किनकी यसले लामो समयसम्म बायोक्याटालिस्टको रुपमा उर्जा प्रदान गर्न सक्दछ ।

यस्तो कोषका लागि मानव सरीरबाट निस्किने पसिनाले इन्धनको काम गर्न सक्दछ । किनकी त्यसमा उर्जा पैदा गर्नका लागि आवश्यकता ब्याक्टेरिया पाइन्छ ।

शोधकर्ताका अनुसार मानव सरीरमा कोशिकाहरु भन्दा धेरै ब्याक्टेरियल सेल्स हुन्छन् जसले उर्जाको श्रोतको रुपमा काम गर्दछन् । एजेन्सी