मनोरंजन

विराट–अनुष्काको इटालीमा भयो बिहे, तस्बिर यस्तो छ

मंसिर २६ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् । कप्तान कोहली र अभिनेत्री शर्माले इटालीमा विवाह गरेका हुन् । आफ्नो विवाहको तस्बिर ट्वीटरमा राख्दै कोहलीले विवाहको पुष्टि गरेका हुन् । उनले लेखेका छन् ‘आज हामी दुई एकअर्काको प्रेममा अनन्तकालसम्म बाँधिने कसम खाएका छौं । हामी यो खबर तपाईंहरुसँग साझा गर्दा निकै खुशी र धन्य महसुश गरिरहेका छौं ।’ उनले अघि लेखेका छन् ‘परिवार तथा समर्थकको मायाले हाम्रो यो दिनलाई हाम्रा लागि थप खास बनाइदियो । हाम्रो जीवनको महत्वपूर्ण पाटो बन्नु भएकोमा सबैलाई धन्यवाद ।’

विराट कोहलीले ट्वीटरमा वरमाला पहिरिने बेलाको तस्बिर पोस्ट गरेका छन् । यस्तै अनुष्का शर्माले पोस्ट गरेको तस्बिरमा दुवैजना बसेका छन् । इटालीको टस्कनीमा रहेको एक रिजोर्टमा पञ्जावी रिवाज अनुसार भएको विवाहमा विराट र अनुष्काको परिवारका सदस्य र दुवै तर्फका खास साथीहरु मात्रै सहभागी थिए । इटालीमा विवाह गरेका विराट र अनुष्काले रिसेप्शन भने दिल्ली र मुम्बईमा दिने भएका छन् ।

आउँदो डिसेम्बर २१ मा दिल्ली तथा २६ मा मुम्बईमा रिसेप्शन दिने भएका हुन् । विराट र अनुष्काले परिवार तथा नातेदारका लागि दिल्लीमा २१ डिसेम्बर तथा बलिउड तथा क्रिकेट जगतका साथीका लागि २६ डिसेम्बरमा मुम्बईमा रिसेप्शन हुनेछ ।त्यसपछि विराट–अनुष्का दक्षिण अफ्रिका जाने छन् । त्यहाँ नयाँ वर्ष मनाएर अनुष्का जनवरीको पहिलो हप्ता मुम्बई फर्कने छिन् । मुम्बईमा अनुष्का आनन्द एल रायको नयाँ चलचित्रको सुटिङमा व्यस्त हुने छिन् । जसमा उनी शाहरुख खानसँग स्क्रिन सेयर गर्ने छिन् । अब अनुष्का र विराट मुम्बईको वर्ली क्षेत्रमा लिएको नयाँ घरमा सर्ने छन् । विवाहको खबर आएपछि धेरैले बधाई दिएका छन् ।