मनोरंजन

दीपिकाको बारेमा खुलेरै बोले रणवीर सिंह

चैत ४ – बलिउड अभिनेता रणवीर सिंहले पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । उनले भारतीय टेलिभिजनको एक कार्यक्रममा बोल्दै दीपिकालाई पाएर आफू निकै खुशी भएको बताएका छन् । 

उनले भनेका छन् ‘यो सम्बन्ध आपसी माया जस्तो हो । उनलाई आफ्नो जीवनमा पाएर मलाई धेरै रमाइलो महसुस हुन्छ ।’ उनले थपे ‘म दीपिकालाई अभिनयको मामलामा निकै अगाडि राख्छु, तर उनी आफूलाई त्यति अगाडि नरहेको बताउँछिन् । एक कलाकारको हिसाबले मैले उनीबाट सिक्नुपर्ने धेरै कुरा छन् । ’ 

त्यस्तै रणवरिले दीपिकासँगै काम गरेका ‘बाजीराव मस्तानी ’, ‘गोलियों की रासलीला रामलीला ’ र ‘पद्मावत’ जस्ता फिल्मले दुवैबीचको सम्बन्ध सुमधुर बनाएको स्वीकार गरेका छन् । 

यससँगै रणवीरले आफू बलिउडका सफल युवा कलाकार मध्ये एक भएकोमा आफूलाई विश्वास नलागेको बताएका छन् । उनका अनुसार यो उनको कठिन मेहनत र दृढताको परिणाम हो । उनले सन् २०१० मा फिल्म ‘बैंड बाजा बारात’ बाट भारतीय सिनेमामा कदम राखेका थिए ।