राष्ट्रिय समाचार

काठमाडौंमा ९ महिनामा ८९ जना महिला र बालिका बलात्कृत बलात्कारका घटना न्यूनिकरण गर्न अभियान थाल्दै प्रहरी

चैत २० गते, काठमाडौं ।

काठमाडौंमा आर्थिक वर्ष २०७४र०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिसरका अनुसार यसअघि आर्थिक वर्ष ०७१र०७२ मा ९२, ०७२०र७३ मा ९९ र ०७३र०७४ मा ११२ जबरजस्तीकरणीका घटना भएका थिए ।

मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित जबरजस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्य योजनामाथि छलफल कार्यक्रममा प्रस्तुति दिँदै परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले पछिल्लो समय महिला तथा बालिबालिकाविरुद्ध हुने अपराध उल्लेख्य रुपमा वृद्धि भएको बताए ।

जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु समेत गम्भीर र संवेदनशील हुन नसेको गुनासो रहेको उल्लेख गर्दै उनले जबरजस्तीकरणीका घटना नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम साथै भएका अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम गरिने बताए ।

साथै, सरोकारवाला निकाय र संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा यस्ता घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने प्रहरीको कार्य योजना रहेको समेत उनको भनाइ छ।

सोही अवसरमा प्रहरीले महिला तथा बालिकामाथि हुने अपराधको नियन्त्रणका लागि ३ कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

 

के छ समग्र नेपालको अवस्था ?

 

सोही अवसरमा समग्र नेपाको जबरजस्तीकरणीको अवस्था बारे पनि सार्वजनिक गरिएको थियो । जस अनुसार मुलुकमा १६ वर्षभन्दा कम उमेरका पीडितको सङ्ख्या सबैभन्दा बढी रहेको छ । साथै, १० वर्षमुनिदेखि ५० वर्षमाथि उमेरका समेत पीडित रहेको देखिएको जनाइएको छ ।

सबैभन्दा बढी १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पीडित छन् भने पीडक १५ वर्षदेखि ५० वर्षमाथि सम्मका छन् । साथै, पछिल्ला समय भएका घटनामा पीडक विवाहित र पीडित अविवाहित रहेका घटनाहरु बढी देखिएका छन् ।

आखिर किन उल्लेख्य रुपमा जबरजस्तीकरणीका घटना वृद्धि भइरहेको छ त ? काठमाडौं प्रहरी परिसरका अनुसार जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेका छन् ।

 

 


यसमा तपाईको मत