राष्ट्रिय समाचार

तत्कालै जिल्ला शिक्षा कार्यालय खारेज नगरिने

चैत २० गते, काठमाडौं । मन्त्रीपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनुमोदन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले आउँदो शुक्रबारदेखि गर्ने भारत भ्रमण अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले चैत २८ गतेबाट विघटन गरिने भनिएको जिल्ला शिक्षा कार्यालयहरु असार मसान्तसम्म यथावत रहने निर्णय गरेको छ । विद्यालयहरुमा परीक्षा सञ्चालन भइरहेकोले चैत २८ गतेबाट जिल्ला शिक्षा कार्यालय खारेज नगरिने भएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने भएका थिए । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैकले दिने १० अर्ब अनुदान रकम स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।