अन्तराष्ट्रिय समाचार

उत्तर कोरियाका नेता किम जोन उन पहिलो पटक दक्षिण कोरियामा

वैशाख १४ – उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् । 

सन् १९५३ मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनबीच भेटवार्ता भएको हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिइएको छ ।

दुई कोरियाका नेताबीच स्थानीय समयअनुसार ९ बजे गैरसैनिक क्षेत्रमा भेटघाट हुने समय तालिका मिलाइएको थियो । भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल हुने जनाइएको छ । 

किमले हँसिलो चेहरामा मून नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए । त्यसपछि दुवै कोरियाका नेताले उत्तर कोरियाको भू–भागमा टेकेका थिए र हात समाएरै फेरि दक्षिण कोरियाकै भू–भागमा फर्किएका थिए ।

दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाकाे सैनिक सम्मानमा सहभागी भएका थिए । त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए ।