सोनामाई खबर

छिमेक लघुवित्तको खुद नाफामा यसरी आयो गिरावट

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा छिमेक लघुवित्त  ले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा लघुवित्तले ४४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा अहिले खुद नाफा २६ प्रतिशतले घटेको हो ।

लघुवित्तको कर्मचारी खर्चमा आएको तिब्र बढोत्तरीका कारण खुद नाफामा यस्तो गिरावट देखिएको हो । लघुवित्तको निक्षेप तथा कर्जा परिचालनको आकार बढ्दा व्याज खर्च समेत बढेपछि खुद व्याज आम्दानी गत आर्थिक वर्षकोभन्दा खासै बढ्न सकेको छैन । 

त्यसमा कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा आएको बढोत्तरीले नाफा प्रभावित बनेको हो । साथै सम्भावित जोखिम वापतको व्यवस्थामा लघुवित्तले रकम बढाए पछि पनि नाफा प्रभावित बनेको हो ।

यस त्रैमाससम्मा दश अर्ब ९४ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन लघुवित्तले १६ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ । लघुवित्तले एक अर्ब ८४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले ९३ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । लघुवित्तले ९० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

लघुवित्तको चुक्ता पूँजी एक अर्ब रुपैयाँ छ । उसको जगेडा कोषमा ८७ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । खराब कर्जा ०.१० प्रतिशत रहेको लघुवित्तको प्रति सेयर आम्दानी ४७ रुपैंया ७६ पैसा छ ।

यसैबिच लघुवित्तको बैशाख ६ गते सम्पन्न सञ्चालक समिति बैठकले लघुवित्तको स्वतन्त्र सञ्चालकको रुपमा रिता पन्तलाई नियुक्ती गरेको छ ।