सोनामाई खबर

काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपुरमा दुर्घटना, ३२ जना घाइते

१० जेठ, चितवन । नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

प्रहरीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ ।