राष्ट्रिय समाचार

रेसुङ्गा नगरपालिकाले दियो किसानलाई कृषिजन्य सामग्री

१० जेठ, गुल्मी । रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री हस्तातरण गरेको छ ।

कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका साथ नगरपालिका अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकरणले नगरपालिका भित्रका किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री बितरण गरिएको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत प्रत्येक वडा स्तरमा रहेका ब्लग समितिहरुलाई हस्तातरण गरिएको रेसुङ्गा नगरपालिका कृषि शाखा प्राबिधिक सहायक चेतनारायण पन्थीले जानकारी दिए ।

नगरपालिकाले बिहिबार एक कार्यक्रमका बीच १० वटा समूहलाई थोपा सिंचाई सामग्री र १५ वटा समूहलाई तरकाली जाली घर सामग्रीहरु बितरण गरेको थियो ।

कृषकहरुलाई नगरपालिका उपप्रमुख सीता भण्डारीले सामग्री दिएर हस्तातरण गरेकी थिइन् । प्रदान गरिएका थोपा सिँचाइ सामग्रीको प्रति मूल्य ३ हजार ५ सय र तरकारी जालि घरको १ लाख कुल रकम रहेको छ । त्यसको ५० प्रतिशत नगरपालिकाले अनुदान दिने गर्दछ ।

सामग्री हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले ५० प्रतिशत अनुदानमा पाए पनि आफ्नै करको रकमबाट पाएकाले सामग्रीहरुबाट धेरै फाइदा लिन आग्रह गरिन् ।

‘नगरपालिका भित्र रहेक कृषकहरुको प्रगती नै नगरको प्रगति हो,’ भण्डारीले भनिन् ‘सामग्रीलाई निःशुल्क पाएझै गरेर बेवास्ता गर्ने नगरियोस ।’

उनले कृषकहरुको व्यवसायिकता र आधुनिकरणमा नगरपालिकाले आगामी दिनमा नयाँ योजना सहितका कार्यक्रमहरु ल्याउने बताइन् ।

नगर भित्र रहेका कृषकहरुको कृषि व्यावसायिकतालाई बिशेष ध्यान दिएर आगामी बजेटहरु पनि तयार हुने बताइन् ।

नगरपालिकाले नगरभित्र १८ वटा कृषि समूहलाई मिनि टेलर पनि बितरण गरेको जनाएको छ ।

नगरपालिकाको ५० प्रतिशत रकम र ५० प्रतिशत कृषकको अनुदानमा प्रदान गरेको प्राबिधिक सहायक पन्थीले जनाकारी दिए ।