राष्ट्रिय समाचार

सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

मंसिर १६ गते  सिरहा,
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुट्टै खण्डमा शनिबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
प्रहरीका अनुसार सिरहाको कर्जन्हा नगरपालिका–२ जुलेवीमा ना ६ त ४१८४ नम्बरको ट्रयाक्टरको ठक्करबाट जुलेवीका ८० वर्षीया कृष्णमाया खतिवडाको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, धनगढीमाई नगरपालिका–९ पुल्चोकमा ना १ ज ६९३५ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सुखीपुर नगरपालिका–१० का २१ वर्षीय मनिक रामको मृत्यु भएको हो ।
स १० प १९७८ नम्बरको मोटरसाइकलमा सवार मनिकलाई म्याजिक भ्यानले ठक्कर दिएपछि सिटी सफारीमा पुनस् ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाकलमा सवार धनगढीमाई–९ मुसहर्नियाका २९ वर्षीय सन्तोष सदाय र म्याजिकमा रहेका गोलबजार नगरपालिका–६ का २८ वर्षीय शत्रुघन साह घाइते भएका छन् । घाइते दुवैको श्रमजिवि केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।