अन्तरबार्ता/विचार

विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेकोःयोगी

रेडियो सोनामाई डेक्स, मंसिर १७ गत्ते,
भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफु विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको बताएका छन् । जनकपुरधामवाट लखनउ पुगेको पत्रकारहरुको टोलीसंगको कुराकानीका क्रममा मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफनो पुरानो इच्छा पुरा हुने भएकाले खुसी व्यतm गर्दै डिसेम्वर १२ तारिखको प्रतिक्षामा रहेको बताए । मुख्यमन्त्री योगीले भगवान श्री रामको जन्मभुभी अयोध्या नगर र माता जानकीको जन्मभुमी जनकपुरधामको विकासका लागि आफु, आफनो पार्टी र स्वयम प्रधामन्त्री समेत नेपाल सरकारसंग हातेमालो गर्न तयार रहेको धारणा राखेका छन् । 
दुवै शहर सांस्कृतीक र धार्मिक सम्बन्धमा रहेकाले यस्को विकासकै लागि भारत सरकार जनकपुरधाम अयोध्या बस सेवा सञ्चालन गरेको र रेलसेवा शुभारम्भ भएपनि नेपाल भारतको सम्बन्धमा थप टेवा पुग्ने उनको धारणा थियो । उनी आफु अगामि १२ तारिखको जनकपुरधाम जाने तयारीमा रहेको बताउदै नेपाल र भारत सरकारको केहि प्राविधिक तयारी मात्र  वाकी रहेको भन्दै त्यो भएपछि आफनो भ्रमण तालिका तय हुने बताए । आफनो जनकपुरधाम भ्रमण विशुद्व सांस्कृती रहेको पनि उनले स्पष्ट पारेका छन् । 
माता जानकीको माइकेप्रतिनिधीका रुपमा आएको भन्दै मुख्यमन्त्री योगीले जनकपुरधामका पत्रकारहरुलाई अवध र मिथिलाको परम्परा अनुसार स्वागत, सत्कार र सम्मान पनि गरेका छन् । मिथिला र अवधको पौरानिक सम्बन्ध र विवाह पञ्चमीमा योगीको आगमन विषयमा भारतको युपी पुगेको पत्रकार सन्तोष सिंह, अनिल मिश्र, पुरन साह, इश्वरचन्द्र झा,  विरेन्द्र रमण, नित्यानन्द मण्डल र व्रिखेस यादव रहेका छन् ।