सोनामाई खबर

महोत्तरीको गौशाला स्थित नेपाल विधुत प्राधिकरणले विजुलीे महसुल ४ करोड भन्दा बढी उठाउन बाँकी ।

रेडियो सोनामाई डेक्स, 
महोत्तरीको गौशाला स्थित नेपाल विधुत प्राधिकरणले विजुलीे महसुल ४ करोड भन्दा बढी उठाउन बाँकी रहेको विद्युत प्रावधिकरणका कार्यालय प्रमुख रोशन सिंहले बताउनु भयो । सिंहका अनुसार ४० हजार ग्राहक रहेको गौशाला शाखामा करौडौ रकम बाँकी हुँदा समेत ग्राहकहरुले रकम तिर्न आनाकानी गरेको प्रमुख सिंहले जनाएको छ । सिंहका अनुसार बिल नतिर्नेहरुमा बढी रकम भएको अधिकांस कार्यालयहरु नै रहेको देखिएको छ त्यस्तै रामगोपालपुर कार्यलयबाट ३ करोड भन्दा बढी बाँकी छ । गौशाला बितरण केन्द्रले सोनमा गाउँपालिका, गौशाला नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर, सम्सी गाउँपालिका, बर्दिवास नगरपालिका अधिकांश क्षेत्रमामा विद्युत प्रवाह गर्दै आएको छ । उक्त रकम असुल गर्नका लागी बारम्बार ताकेदा गर्दा समेत कुनै किसिमको सुनवाई हुन नसकेको प्रमुख सिंहले जनाउनुभयो ।
 

<