सोनामाई खबर

महोत्तरीको पर्सा बजारमा सडकमा नपरेको घर र पसलमाथि वडाध्यक्षले चलाए डोजर, ३० लाख बढीको क्षति।

रेडियो सोनामाई डेक्स,
१९गते सम्सी।  महोत्तरीको सम्सी गाउँपालिका वडा नं १ वडाध्यक्ष विपीन यादवले पूर्वाग्रही तरिकाले सडकमा नपरेको घर पनि भत्काएका छन् । हुलाकी राजमार्गमा पर्ने सम्सी गौशालाख सडक खण्ड १०५ फिट निर्माण हुने भएपनि अध्यक्ष यादवले पूर्वाग्रही भएर पर्सा बजारमा सडकमा नपर्ने घरमाथि डोजर भिडाएका हुन् ।सडकमा पर्ने र नपर्ने गरी झण्डै एकदर्जन घर र पसलमाथि डोजर चलाउँदा ३० लाखभन्दा बढीको क्षति भएको स्थानीयले बताएका छन् ।काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित यादवले मंगलबार दिउँसो सडकको मापदण्ड १०५ भित्र नपर्ने घरमाथि पूर्वाग्रही तरिकाले डोजर लगाएर तोडफोड गरेर लाखौंको क्षति गरेको राजपा नेपालका युव संगठनका केन्द्रिय अध्यक्ष रंजित सिंहले आरोप लगएका छन् । बजारमै बाबा बालेश्वर नाथको मन्दिरको जग्गामा सडक भन्दा बाहिर रहेको घर तथा पसलमा मान्छे भित्र हुँदा समेत जिउँधनको ख्याल नगरी पदको आडमा डोजर चलाएर क्षति पुर्याएको भन्दै सिंहले गडाध्यक्षलाई कार्वाही हुनुपर्ने माग गरे ।यता उक्त क्षेत्रका प्रदेश सांसद एवं फोरमका नेता कौशल यादवले वडाध्यक्षले तोडफोड गरेको झण्डै एकदर्जन घर मध्ये विन्देश्वर महतोको हार्डवेयर पसल भएको दुई तल्ले घर र लिलाधर राउतको आयरन स्टोर्स पसल भएको घर विसुद्ध रुपमा सडक बाहिर रहेको बताए । वडा नं। १ मा स्थानीय चुनावमा राजपा नेपालबाट वडाध्यक्षमा विन्देश्व यादव लडेर हार वेहोरेको र उक्त वाडाबाट नै काँग्रेसबाट विपीन यादव जितेकोले पूर्वाग्रही तरिकाले विन्देश्वको घड तोडको प्रदेश सांसद यादवको ठहर छ ।वडाध्यक्षले बलजफती दादागिरी तरिकाले तोडेको मापदण्ड बाहिरका घरको विषयमा वुधबार विहान संघीय सरकारका जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री डा।सुरेन्द्र यादव सडक विभागका प्रतिनिधी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी लगायतको टोलीले निरीक्षण गरी छानविन गर्ने समेत प्रदेश सांसद यादवले बताए ।यता वडाध्यक्ष विपीन यादवले भत्काएका घरहरु विसुद्ध रुपमा सडकमा परेको दावी गरे । उनले कुनै पक्षपात र पूर्वाग्रहले नभई सडक विभागले समेत तोड्नको लागि टीक लगाएको घरहरु नै तोडको बताए ।