टिप्स

नयाँ लुगा लगाउँदा होस गर्नुहोस् एलर्जी बनाउला

नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन् ।

तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको पाइएको छ । हामीले लगाउने नयाँ लुगाले शरीरमा हानीकारक विषादी समेत प्रवेश गराउँछौँ भन्ने कुराको खुलासा भएको छ ।

हालै गरिएको एक अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका सरायनबाट शरीरका लागि हानीकारक विषादी निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।

स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गरेको देखाएको छ । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरु कपडा धुँदा समेत नजाने उल्लेख गरेका छन् ।

अनुसन्धानकर्ताहरुले भनेका छन् कि जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी हुँदैन । अनुसन्धानकर्ताहरुले स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूना परीक्षण पछि यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुले प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त रहेको बताएका छन् । उनीहरुले भनेका छन, यो केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुन्छ । यति मात्रै होइन बाताबरणलाई समेत असर पार्न सक्छ ।