सोनामाई खबर

साह प्रदेश कमिटीमा परेपछि गौरमा दिपावली मनाए

रेडियो सोनामाई डेक्स,

नेकपा रौतहटका चर्चित युवा नेता शम्भु साहलाई आजभोलि बधाई र शुभकामना थाप्न भ्याइ नभ्याइ छ । सोमबार पार्टी सचिवालयको बसेको बैठकले रौतहटका चर्चित र लोकप्रिय ब्यक्तिको आधारमा नेता साहलाई प्रदेश नं.–२ को प्रदेश कमिटी सदस्यमा मनोनित गरेपछि समर्थक ,कार्यकर्ता लगायत आफन्तजनले सामाजिक सन्जाल ,टेलीफोन र भेटघाटगरि बधाइ र शुभकामना दिइरहेका छन ।

सदरमुकाम गौर नगरपालिकाको स्थानीय चुनावका मेयर उम्मेदवार समेत रहनुभएका साहको नाम प्रदेश कमिटीमा आए संगै समर्थकहरुमा खुसी छाएको हो । शाहको नाम प्रदेश कमिटी मा घोषणा भएको दिन देखि नै समर्थकहरुले नगरपालिकाको विभिन्न चोक र आ–आफ्नो गाउ टोलमा मैनबत्ति जलाई खुसियाली मनाइरहेका छन ।
सरल र सालिन स्वभावका धनी साह जनताको सेवामा अहोरात्र खटी विभिन्न समस्याको सामाधान गर्ने तथा जोस जागर साथै उर्जा भएका नेता शाहलाई उहाँको मेहनत , पार्टी प्रतीको झुकाव खासगरि लगनशीलता र बफादारीको कदर गर्दै पार्टीले स्थान दिएपछि स्थानीय कार्यकर्ता खुशी भएका हुन ।

यसै क्रममा बुधबार नगरपालिकाको वडा नं.– ८ सिसवा टोल र वडा नं.– ७ का पुरेनवा टोलमा पार्टी कार्यकर्ता र समर्थकहरुले मैन बति जलाई ,नाचगान गरि खुसीयालि मनाएका छ्न । मगलबार गौरको बि.पि. चोकमा युवाहरुको एक टोलिले खुसीयालि मनाएका थिए । नेता साहले भने नेपाल कम्युनिस्ट पार्टी नेकपाले को प्रदेश नं. २ को प्रदेश कमिटी सदस्यमा आफुलाइ आफनो मेहनत र लगनशीलताको कदर गरि सिफारिस गर्नु हुने सम्पूर्ण नेतृत्वकर्ताहरुमा धन्यवाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारी अनुरुप काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफ्नो फेसबुकबाट लोकप्रिय व्यक्तित्वको हिसाबले भएको मेरो नाम चयन गर्नुहुने मेरा शुभचिंतक, ईष्ट मित्र, साथीगण लगायत सम्पूर्ण पार्टी कार्यकर्तालाई समर्पित गर्न चाहन्छु भन्दै, सम्पुर्ण प्रति धन्यबाद ज्ञापन गर्नु भएका छन ।

नेता साह सङै नेपाल कम्युनिष्ट पार्टि नेकपाको प्रदेश संगठन कमिटी,प्रदेश नम्बर २ को सदस्य पदमा रौतहटका ३२ जना मनोनीत भएका छन । जसमा,कमलराय यादव,जयरानी देबि सहनी , दिलिपकुमार शाह, गुलावशखर शेख,गिरिधारी मिश्र , महेन्द्र चौलागाईं , इन्द्रकुमार झा, सत्यनारायण भगत,उपेन्द्र शाह, अशोक जयसवाल,वीर बहादुर गोले, देवेन्द्र पटेल, वहिद अन्सारी, त्रिभुवन शाह, सुधीर यादव ,विन्देश्वर यादव , विनोद काफ्ले,कुन्दन कुशवाह, सियाराम कुशवाह, राजन यादव ,विपिन जयसवाल,कविता शाह,देवकी नेपाल,रामानन्द महतो ,हरिनारायण यादव ,रेखा झा,कमलेश झा,कपिलदेव पटेल ,अब्दुल कलाम आजाद,सचिदानन्द शाह र उद्वव रेग्मी को नाम रहेको छ ।