सोनामाई खबर

काठमाडौं जाँदै गरेको टाटासुमो रौतहटमा दुर्घटना, १० जना घाइते

रौतहट पुस १ गते 

रौतहटको चन्द्रनिगाहपुर निजगढ सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

सदरमुकाम  गौरबाट काठमाडौं जाँदै गरेको ना१ज ३९५३ नम्बरको सुपर लालिगुराँस टाटासुमो आइतबार दिउँसो पछाडिको टायर खुस्किएर दुर्घटना भएको हो।दुर्घटनामा काठमाडौंका ३६ वर्षीय प्रतिक्षा नेपाल, भोजपुरका २१ वर्षीय गणेश बिक, गौरका १९ वर्षीय महम्मद नाजिर, सोही स्थानका ५० वर्षीय गायत्री यादव, ३६ वर्षीय प्रीतिकुमारी साह, गौर ३ का दिपु जयसवाल, रौतहटको बृन्दावन नगरपालिकाका १२ वर्षीय जीवन चौधरी, ११ वर्षीय भुवन  चौधरी, ४५ वर्षीय रामपरिदेवी चौधरी र टाटासुमोका चालक चन्द्रपुर नगरपालिका जुडिबेलाका विनय चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।  घाइतेमध्ये रामपरी चौधरी र उनका ११ वर्षीय छोरा भुवनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइराखेको छ।