सोनामाई खबर

जनकपुरको राराब क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले गरे कालोमोसो

जनकपुरधाम, पुस १ गते ।
जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् । क्याम्पसको अवस्था धारासायी भएपछि पटक पटक सुधार गर्न आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै आईतवार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।
राजपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघको अगुवाईका विद्यार्थीहरुले आईवार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर कालोमोसे गरेको संघका केन्द्रिय महासचिव रञ्जित निष्पक्षले जानकारी दिएका छन् । उहाँका अनुसार कालोमोसो पश्चात विद्यार्थीहरुले दिउँसो पौने ३ बजेसम्म अर्थात १ घण्टा प्रमुख दासलाई कार्यकक्षा भित्रै थुनेका समेत छन् ।
क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने , कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने , शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे माग सहित राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए । तर ज्ञापन पश्चात समेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै बाध्य भएर कालोमोसो दलेको विद्यार्थी संघले जनाएको छ ।
कलोमोसो दल्ने समयमा राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय सह सचिव अशोक यादव ,संघका राराब ईकाई कमिटी अध्यक्ष दिनेश यादव र अन्य संघसंस्था तथा क्याम्पस लगायत पाँच दर्जन विद्यार्थीहरुको उपस्थिति रहेको जनाएको छ ।