सोनामाई खबर

जनकपुरमा नक्कली नागरिकता बनाउने गिरोहका थप ३ पक्राउ, तीनै प्रशासनकै कर्मचारी

जनकपुरधाम, पुस २ गते ।

नक्कली नागरिकता बनाउने गिरोहका थप ३ जना पक्राउ परेका छन् ।
तिनैजना जिल्ला प्रशासन कार्यालय धनुषाको कर्मचारी रहेको रहस्य खुलेेेेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेलले जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरीलाई पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताएका छन् ।

यसअघि गत शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए । प्रमुख जिल्ला अधिकारी कँडेलले यस गिरोहमा सयौंको सहभागिता हुन सक्ने बताए ।

नक्कली नागरिकताधारीहरुलाई जोडने हो भन्ने सयौं पक्राउ पर्न सक्ने अनुमान उनको थियो । उनले धनुषा जिल्ला सुधारकै लागि गृहमन्त्रालयले आफुलाई यहाँ पठाएको भन्दै सुधार गरेरै जाने बताएका थिए । प्रजिअ कँडेलले अनुगमन र अवैध नागरिकता वितरणमा कडाई गरेका छन ।

यसअघि नक्कली नागरिकता बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरि कार्वाही प्रकिया अगाडि बढाइ सकेको छ ।