मनोरंजन

झुलाघाटमा सुटिङ गर्न भारतीय कलाकारको टोली पिथौरागढमा

बैतडी, मंसिर २०– बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो । 

टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो विषयमा कुराकानी भइरहेको सीमानाका प्रहरी कार्यालयले जनाएको छ । झुलाघाटमा  छायांकन हुने ‘संदिप और पिंकी फरार’ फिल्मका नायक अर्जुन कपुर र नायिका परिणिती चोपडा सहितको सुटिङ टोली कडा सुरक्षाकाबीच पिथौरागढ आइपुगेको हो । बैतडीसँगै सिमाना जोडिएको पिथौरागढका विभिन्न भागमा अबको २५ दिनसम्म छायांकन जारी रहने निर्माण पक्षले जनाएको छ ।

फिल्मका संदिपको भूमिकामा रहेका अर्जुन कपुरले दिल्लीमा काम गर्ने एउटी युवती पिंकी अर्थात परिणिती चोपडालाई झुलाघाटबाट भगाएर नेपाल ल्याएको दृष्य छायांकन हुनेछ । सोमबारदेखि पिथौरागढमा छायांकन सुरु गरिएको फिल्म ‘संदिप और पिंकी फरार’ २४ डिसेम्बर देखि ३१ डिसेम्बरसम्म झुलाघाटमा हुने भएको हो ।

त्यस्तै २७ र ३१ डिसेम्बरको दुई दिन भने नेपालसँग सिमाना जोडिएको झुलाघाट पुलमा छायांकन हुने समय तालिका रहेको छायांकन समूहले जनाएको छ । प्रेम कथामा आधारित फिल्म ‘संदिप और पिंकी फरार’मा बलिउडका चर्चित दिवाकर बनर्जी निर्देशक हुनुहुन्छ ।