सोनामाई खबर

मधेश प्रदेश : सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेशसभा बैठक बहिष्कार गर्ने

बिहीवार बस्ने मधेश प्रदेश सभा बैठक सत्ता साझेदार दल माओवादी केन्द्रले बहिष्कार गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ ।

प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए ।

गत मंगलबार प्रदेश सभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको मधेश सरकारको नीति तथा कार्यममाथि आजदेखि छलफल गर्ने तयारी गरिएको छ ।