सोनामाई खबर

३९ जना किसानले पाए वर्गीकरणसहितको किसान परिचयपत्र

सप्तरी, जेठ २६ गते ।

सप्तरीका ३९ जना किसानले किसान परिचयपत्र पाएका छन् ।

जिल्लाको रुपनी गाउँपालिकाको ३९ जना किसानलाई वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गरिएको हो । यस सँगै किसान परिचयपत्र वितरण गर्ने जिल्लाकै रुपनी पहिलो पालिका बनेको छ ।

जग्गाको क्षेत्रफल, आर्थिक हैसियत, परिवारको सङ्ख्यालगायतको मापदण्डको आधारमा ठुला, मध्यम, साना तथा भूमिहीन सीमान्तकृत मजदुर किसान गरी रुपनी गाउँपालिकाले किसानलाई चार तहमा वर्गीकरण गरेको छ ।

बाँकी तीन हजार नौ सय ९९ घरधुरी किसान परिवारलाई नै किसान परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी जामुनकुमार दासले जानकारी दिए ।