सोनामाई खबर

अवैध लागुऔषधसहित तीन जना पक्राउ

सप्तरी , वैशाख १४ – प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ ।

उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

भारतको लौकहाबाट सप्तरीको बेल्ही नाका हुँदै नेपाल भित्रिने सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पत्रक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध सेवन समेत गरेको अवस्थामा लुपिक जेसी ६ थान बरामद भएको प्रहरीले जनाएको छ ।