सोनामाई खबर

जनकपुरमा गुठीको अर्बौको जग्गा बेचेेेका महन्त बैकुण्ठ दास काठमाडौंबाट पक्राउ

महोत्री मंसिर २० 
अर्बौं मूल्य बराबरको जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा फरार रहेका जनकपुरस्थित रतनसागर मठका महन्त बैकुण्ठ दास काठमाडौंको कमलपोखरीबाट पक्राउ परेका छन् । अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
अदालतले गत शुक्रबार उनी विरूद्द पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका थिए । हजारी जनक संस्कृत विद्यापीठका महन्थ दासले नक्कली लालपुर्जा बनाएर जमिन बेचेपछि एक व्यक्तिले आफ्नो जग्गा रहेको दाबी गर्दै अदालतमा मुद्दा परेपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।
नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा रेजा आलमलाई ४० लाख रुपैयाँमा बेचेको स्थानीयको भनाई छ।